चितवन । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । लामिछानेले पछिल्लो मतपरिणामअनुसार ५० हजार २९ मत पाएका हुन् ।
यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् ।
चितवन २ मा मतगणना जारी रहेपनि लामिछानेको विजय सुनिश्चित भइरहेको छ।
रविको जित सुनिश्चित भएपछि कांग्रेस उम्मेदवार श्रेष्ठले मतदाताको दुःखसुखमा विगतको भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता जनाएका छन् ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन २ बाटै निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा पनि उनले भारी मतअन्तरले जित दोहोर्याउने निश्चित भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
