वालिङ्ग, स्याङ्जा । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको समन्वयमा भीरकोट नगरपालिका–५ सिम्लेका अग्निपिडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ।
हिजो वैशाख ७ गते बिहीबार स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालको अध्यक्षता र स्याङ्जा क्षेत्र २ (क) का सांसद् भोजराज अर्यालको प्रमुख आतिथ्यता एवं स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियार र स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाई कतारका अध्यक्ष लिला रोका स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा अग्निपीडित गीता खाँडलाई रु २ लाख ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।
स्याङ्जा समाज अमेरिका तथा स्याङ्जा सहयोग समाज कतार र स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाई कतार सहितको सहयोगमा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय गरेर आर्थिक सहयोग संकलन गरेका थिए। स्याङ्जा समाज अमेरिकाबाट रु १,८०,००० स्याङ्जा सहयोग समाज कतारबाट रु १० हजार र स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाई कतारबाट रु १५ हजारगरी जम्मा रु २ लाख ५ हजार संकलन भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
