काठमाडौँ । आउँदो बैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । उक्त दिन चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुन लागेकाले सेवा बन्द गर्न लागिएको हो ।
उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रसिद्ध शक्तिपीठ जाने मनकामना केबलबार मतदानको दिन सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशिलता पनि बढ्ने भएकाले केबुलकार बन्द गरिएको मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।
उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रहअनुसार सेवा बन्द गर्न लागिएको हो । बैशाख ११ गतेदेखि पुनः सञ्चालन हुने प्रा.लि.ले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
