काठमाडौं l त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछाडि सारेको छ। वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुने भएकाले त्यो दिनको परीक्षा वैशाख १६ गतेका लागि सारिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
त्रिविले वैशाख १० गते बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा तोकेको थियो ।
यी परीक्षा वैशाख १६ गते सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। सारिएका परीक्षा यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने कार्यालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
