काठमाडौँ । केही समयदेखि प्रेम सम्बन्धमा रहेकी अभिनेत्री पूजा शर्मा विवाह गर्ने तयारीमा छिन्। उनले यसै वर्ष विवाह गर्ने बताएकी हुन्। उनले भनिन्, ‘यो वर्ष मैले जिन्दगीको एउटा नयाँ निर्णय समेत लिंदैछु। यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।’
अभिनेत्री शर्मा र प्रेमी युद्ध बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन्। उनीहरुले खुलेरै सामाजिक सञ्जालमा प्रेम प्रदर्शन गरिरहेका छन्। उनीहरु बेला बेला सार्वजनिक कार्यक्रममा समेत सँगै देखिने गरेका छन्। केही समय अघि मात्रै बर्थडेको शुभकामना दिंदै पूजाले प्रेमी युद्धलाई भगवानले दिएको उपहार भएको बताएकी थिइन्। पूरा जानकारीका लागि भिडियो हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
