पोखराको फिस्टेल ड्रिमपार्कभित्र खूल्यो ४ करोड लगानीमा रेष्टुरेन्ट

पोखरा । पोखराको फिस्टेल ड्रिमपार्कले ४ करोड रुपैयाँ लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

रेष्टुरेन्टमा एकैपटकमा २ सय जना अटाउने क्षमता छ । सुलभ मूल्यमा थ्री स्टार स्ट्यान्डर्डमा खाना खान पाइने कम्पनौका सञ्चालक हिरा केरीले जानकारी दिए । पार्कभित्र आउटडोर फुड स्टल समेत राखिएको छ ।

Advertisement

नयाँ वर्षको अफर

नयाँ वर्षको अवसरमा पार्कले पर्यटकहरूका लागि विभिन्न अफर समेत ल्याएको छ । कम्पनीले आफ्ना सेवाहरूमा १५ प्रतिशत छुट घोषणा गरेको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर घुम्न आउने पर्यटकहरूलाई १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।

यस्तै छ जनाको समूह पार्क घुम्न गए एक जनालाई फ्रीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । पोखराकै ठूलो यस वाटरपार्कमा पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ ।

बालबालिकादेखि किशोर एवम् वृद्धवृद्धासमेतले पार्कमा मनोरञ्जन लिने गरेका छन् । कम्पनीले वाटर पार्क, ड्राइ पार्क सञ्चालन गरिरहेको छ।

जसमा इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिनेछ । पार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ । तर नयाँ वर्षको अवसरमा ग्राहकहरूले एक सय रुपैयाँमै प्रवेश पाउनेछन् ।

यस्तै, वाटर पार्क प्याकेजको शुल्क १ हजार रुपैयाँ रहेको छ । जसमा विभिन्न १२ खेलहरू समेत खेल्न सकिनेछ । ४ फिटभन्दा कम उचाइ रहेका बालबालिकाहरूका लागि वाटर पार्क प्याकेजमा ६ सय रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ

प्रवेशपछि सीमित खेल खेल्न चाहनेका लागि प्रति खेलको १५० देखि ३०० रुपैयाँसम्म लाग्ने सञ्चालक केसीले जानकारी दिए । साथै सबै किसिमका राइड गर्न एक हजार रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

६५ रोपनी जग्गामा फैलिएको पार्कमा विभिन्न खेलहरू गरेर ५ हजार मानिसहरू एकै पटक रमाउन सक्छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दूरीमा रहेको छ । पार्कमा जान निजी मात्र नभइ एयरपोर्टबाट ढुंगेसाहु, सितापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ ।

More News last news
Loading...