साधारण सदस्यसमेत नरहनेगरी रास्वपाबाट ढाकाकुमार बर्खास्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ । बुधबार साँझ पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरी पार्टी सभापति रवि लामिछानेले श्रेष्ठलाई निस्काशन गरिएको जानकारी गराएका हुन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग दुई करोड घुस डील गरेको अडियो सार्वजनिक भएपछि त्यसबारे निर्णय गर्न रास्वपाको बुधबार केन्द्रीय समिति बैठक बसेको थियो । बैठकपछि पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति लामिछानेले जानकारी दिए ।

More News last news
Loading...