आज बढ्यो सुन, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...