काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ७ सय रूपैयाँले घटेर एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि सोमबार १० रूपैयाँले घटेर १ हजार ४३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ स्थिर हुँदा नेपाली बजारमा सुनको भाउ थारै घटेको हो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
