भ्रातृ संघ समन्वय विभाग प्रमुखमा युवा नेता अजित क्षेत्री नियुक्त

पोखरा । नेपाली कांग्रेस स्याङ्जाका युवा नेता अजित अधिकारी क्षेत्री गण्डकी प्रदेशको भ्रातृ संघ समन्वय विभागको प्रमुखमा नियुक्त भएका छन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को परिच्छेद ४ धारा ११ बमोजिम नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले क्षेत्रीलाई उक्त विभागको प्रमुखको जिम्मेवारी तोकेका हुन् ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय क्षेत्रीले यसअघि नेपाल विद्यार्थी संघका विभिन्न पदमा बसेर काम गरिसकेका छन् भने नेबिसंघ स्याङ्जाको सभापतिको भूमिका समेत निभाईसकेका छन् ।

Advertisement

हाल क्षेत्री नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को महाधिवेशन प्रतिनिधि, गण्डकी प्रदेश कार्यसमिति सदस्य र गण्डकी प्रदेश कार्यसम्पादन समिति सदस्य समेत रहेका छन् ।

भ्रातृ संस्थामा लामो अनुभव संगालेका क्षेत्रीले समग्र गण्डकी प्रदेशमा कांग्रेसका भातृ संस्थाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको नेपाली कांग्रेस गण्डकीले जनाएको छ ।

More News last news
Loading...