काठमाडौँ । वृश्चिक राशि हुने व्यक्तिहरूका लागि नयाँ वर्ष २०८० साल अलि संघर्षप्रद् देखिएको छ। ग्रहपरिषद्मा अढैया शनिलगायत केही ग्रहहरु विपरित अवस्थामा रहेकोले ग्रहउपचारको साथमा बढी सावधानी अप्नाउनु पर्ने देखिन्छ। कामका क्षेत्रमा साविकभन्दा बढी मेहनत गर्नुपर्ने मानसिकता बनाई राख्नुपर्ला। अल्लि बढी परिश्रमले आंशिक उपलब्धि प्राप्त गर्नसकिने छ।
प्रतिकूल ग्रहहरूको उपचारको उपाय गर्नाले उद्यम व्यवसायबाट लाभांश प्राप्त गर्नसकिने छ। विरोधीहरूको अवरोधको सामना गर्नुपर्ने तथा गरिएका कामकार्यमा हुनपर्ने जति मुल्याङ्कन नहुने, बरु उल्टै राम्रै गर्दा पनि परिणाम विपरित आउने अथवा अपजस पाउने योग छ । होसियारीपूर्वक नबिराउने र नडराउने सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्नु पर्ला।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
