नेपालमा दिनप्रतिदिन बढ्दै कोरोना संक्रमण, अर्को लहर आउन लागेको हो ?

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३५ नमूनामध्‍ये १७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ४५८ जनाको एन्टीजेन परीक्षण गर्दा ५८ जना गरी ९९ जनामा कोरोना सक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७३ जना पुगेको छ । काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमितहरु छन् भने संस्थागत आइसोलेशनमा १७ जना छन्।

Advertisement

यस्तै ४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने १ जनालाई भेन्टीलेटरमा राखिएको मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै कोरोनाबाट २६ जना निको भएर घर फर्किएका छन् । यसअघि बिहीबार ८५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा अर्को लहर आउन सक्ने आधार के ?

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार (एक्सबीबी.१.१६) ओमिक्रोनको हाइब्रिड भाइरस हो । यो ओमिक्रोन सब–भेरियन्टबाट मिसमास भएर विकसित भएको नयाँ सब–भेरियन्ट हो ।

कोरोना महामारीको पहिलो, दोस्रो, तेस्रो र चौथो लहरलाई विश्लेषण गर्दा भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनामा नेपालमा पनि संक्रमणको नयाँ लहर देखा परेको छ । भारतमा केही दिनदेखि कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । यही कारण नेपालमा निकट भविष्यमा संक्रमण फैलिन सक्ने विज्ञहरूको भनाइ छ ।

More News last news
Loading...