आइएमई पेबाट ४ ओटा एअरलाइन्सकाे रिफन्डेबल टिकट काट्न मिल्ने

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” चार ओटा एअरलाइन्सकाे रिफन्डेबल टिकट काट्न मिल्ने भएकाे छ । आइएमई पे ले ल्याएको रिफन्डेबल एअरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने आइएमई ग्रुपले जनाएकाे छ ।

पछिल्लो समयमा आइएमई पेले ल्याएको रिफन्डेबल एअरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरे सँगै विभिन्न एअरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उद्देश्यले आइएमई पे सँग जोडिने प्रकृया सुरु भएको छ । यसै क्रममा आइएमई पे मार्फत श्री एअरलाइन्स, सौर्य एअरलाइन्स, बुद्ध एअरलाइन्स र यती एअरलाइन्सको टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन् ।

Advertisement

ग्राहकहरुले आइएमई पेबाट सुपथ मुल्यमा उच्चतम क्यासब्याकका साथ एअरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पुर्ण मूल्य रिफन्ड पनि पाउन सक्नेछन् ।

More News last news
Loading...