काठमाडौं l नेपाली कांग्रेसबाट चार जना मन्त्रीको मात्रै टुंगो लागेको छ। शुक्रबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चार जना मन्त्रीले शपथ लिने भएका हुन्।
उपसभापति खड्का उपप्रधानसहित रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल परराष्ट्र र सीता गुरुङ सहरी विकास मन्त्री बन्ने देउवा निकट एक नेताले जानकारी दिए। कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ।
शेखर समूह असन्तुष्ट
नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले २ जना मन्त्रीको नाम मागेपछि शुक्रबार बिहान बसेको डा. शेखर कोइराला समूहको पदाधिकारी बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो ।
९ दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेसले ८ मन्त्रालय पाएको छ। तर देउवाले २ जनाको मात्रै नाम मागेपछि शेखर समूह असन्तुष्ट बनेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
