आज ह्वात्तै बढ्यो सुनको भाउ ? तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरेको हो।

बिहिबार प्रति तोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...