स्याङ्जा । सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पुतलीबजार नगरपालिका वडा नंं ३ मा महिला तथा यूवाहरुमा सहकारी शिक्षा तथा वित्तिय साक्षरता एवं विस्तारीत मन्चको कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तिय संस्थाहरुले ग्लोबल मनी विक मनाउने नेपाल राष्ट्र बैक निर्देशनसहित स्याङ्जाको देउराली कुमालगाउँ टोल सुधार समितिका अध्यक्ष टोप बहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा संस्थाका सुचना प्रविधि प्रमुख अर्जुन कुमार सुवेदीले सदस्य शिक्षा, वित्तिय साक्षरता, बचत तथा ऋणको परिचय, महत्व, आम्दानी र खर्चको संयोजन वारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा बाडखोला सेवा केन्द्र प्रमुख वालकृष्ण गोदारले संस्थाको वित्तिय अवस्था, संस्थाले संचालनमा ल्याएका प्रविधिहरुका वारेमा जानकारी गराएका थिए । यस्तै वाडखोला सेवा केन्द्रका संयोजक बलराम दोरंगा ले संस्थाको परिचय विगतदेखी बर्तमान सम्मको अवस्थाबारे चर्चा गरेका थिए ।
बचत प्रमुख मोती प्रसाद मरासीनीले कार्यक्रमको संचालन गरेका थिए भने बचत सहायक बिनु कुमालले कार्यक्रमको संयोजन गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
