एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा

काठमाण्डाै । एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रिमियर कपका लागि २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मुलपानीमा हुनेछन् । नेपालले तीन खेल कीर्तिपुरमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले मुलपानीमा साउदी अरेबियासँग वैशाख ११ गते खेल्नेछ ।

Advertisement

त्यसअघि नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग कीर्तिपुर मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग र वैशाख १४ गते कतारसँग कीर्तिपुरमा खेल्नेछ । प्रतियोगितामा १० देश सहभागी हुँदैछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान तथा समूह ‘बी’ मा बहराइन, कुवेत ,सिंगापुर, हङकङ र युएई रहेका छन् । यो प्रतियोगिताको शीर्ष टोली पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ ।

More News last news
Loading...