थ्री नेसन्स कपः उपाधिका लागि नेपाल र लाओस भिड्ने

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र भुटानको खेल बराबरीमा सकिएको छ।

मंगलबार साझ दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानविरूद्ध दोस्रो हाफको ९० औं मिनेटमा गोल फर्काएको हो । नेपालका लागि दिपक राज सिंह ठकुरीले गोल गरेका हुन‍्।

Advertisement

यसअघि भुटानले १९औं‌ मिनेटमा गोल गरेको थियो। १९औं मिनेटमा भुटानका खेलाडी तेन्जिङ नोर्बुले गोल गरेका थिए। यो बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ भने भुटान बाहिरिएको छ।

उपाधिका लागि अब नेपाल र लाओसबीच यहि चैत्र १७ गते खेल हुनेछ।

More News last news
Loading...