तनहुँ-१ उपनिर्वाचन : उम्मेदवारका लागि कांग्रेसका यी १३ जनाले दिए दरखास्त

काठमाडौं । वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेसका १३ जनाले दरखास्त दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबार सम्ममा सो सङ्ख्यामा उम्मेदावरी दिएका हुन्।

शुक्रबार ६ जना र शनिबार सात जनाले उम्मेदावारी दिएको कांग्रेसका क्षेत्रीय सचिव दयानिधी नरालले बताए । उनका अनुसार केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य र आँबुखैरेनी सभापति विष्णु पन्तले शुक्रबार दरखास्त दिएका छन् ।

Advertisement

यस्तै, शनिबार संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्व सचिव समुन्द्र गोदार, नेताहरु डोबाटे विश्वकर्मा, सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीले दरखास्त दिएका छन् ।

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ उपनिर्वाचन हुँदैछ। बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि सोमबार उम्मेद्‍वारको टुङ्गो लगाउने नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्णय गरेको छ।

More News last news
Loading...