आज बढ्यो सुन, कति पुग्यो तोलाको ?

काठमाडौँ । सुनको मूल्य आज १२ सय रुपैयाँले बढेको छ। अघिल्लो दिन बुधबार दुई हजारले घटेर प्रतितोला सुन १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ९ हजार रूपैयाँ कायम भएको हो। तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० तोकिएको छ।

Advertisement

सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...