लगातार बढेको सुनको मूल्यमा ब्रेक, कति घट्यो आज ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम गरेको हो।

आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...