तनहुँ । नेपाल विद्यार्थी संघको तनहुँको अध्यक्षमा सुरज लम्साल चयन भएका छन्।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले लम्साललाई आगामी तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी अध्यक्ष पदको जिम्मेवारी दिएका हुन्।
नेबिसंघको विधान २०२७ को सातौ संशोधन २०७५ बमोजिम लम्साललाई उक्त जिम्मेवारी दिईएको पत्रमा उल्लेख छ।
जिल्लाको विद्यार्थी राजनीति र संगठन निर्माणमा शशक्त रुपमा लागेका लम्सालले यसअघि जिल्ला तहका विभिन्न पदमा बसेर संगठन काम गरिसकेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
