आज ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

आज सुनको मूल्य प्रति तोला १७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

More News last news
Loading...