काठमाडौं । भारतको बैंग्लुरुका लागि उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सकाे जहाजमा रहेकी एक महिला यात्रु रुन थालेपछि उनलाई ओरालिएकाे छ । जहाज उड्नुअघि रुवावासी गर्दै ओर्लिने भनेपछि ती महिला यात्रुलाई ओरालिएकाे त्रिभुवन विमानस्थलस्थित टीडीओ कार्यालयले जनाएकाे छ ।
ती महिला यात्रुलाई ओरालिए लगत्तै सबै यात्रुहरुलाई पनि ओरालिएर एक घण्टा ढिलो गरी जहाज उडाइएको हाे । आरए २२५ उडानमा रहेकी ती महिला यात्रु रोएपछि शनिबार दिउँसो २ बजे उड्नुपर्ने उक्त विमान एक घण्टा डिले गरी उडेकाे थियाे ।
कार्यालयका अनुसार महिला रुन थालेपछि सबै ११७ जना यात्रुलाई ओरालेर जहाजभित्र जाँच गरिएको थियो । उडान नियम अनुसार उड्ने बेला कोही यात्रुले जहाजभित्रै यसैगरी जान इन्कार गरेमा सबै यात्रुलाई ओरालेर जहाज जाँच गरेर मात्रै यात्रा गराइने टीडीओ कार्यालयले जनाएको छ।
ती महिलाकाे भने उडान रद्द गरी ललितपुरस्थित उनकै घर फिर्ता पठाइएको छ । उनले घरमा कोही व्यक्ति बिरामी भएकाले भारत जान नसकेको कारण दिएकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
