काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आज सुनको मूल्य प्रति तोला ३ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार सुनको मूल्य १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
