कास्की आदर्श समाजको आयोजनामा २ दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

पोखरा । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ११३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्यनरत (८-९ कक्षा) छात्राहरुलाई सेनेटरी प्याड बनाउने २ दिने तालिम दिएको छ ।

परिषद्की केन्द्रीय महिला संयोजक पूजा गिरीको संयोजकत्वमा लाहाचोक स्थित महेन्द्र माविको सभाहलमा छात्राहरुलाई तालिम दिएको हो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सिता अधिकारी प्रशासन अधिकृत बेदहरि अधिकारी, शिक्षा संयोजक सम्झाना पोखरेल, शिक्षा सह–संयोजक बिष्णु प्रसाद अधिकारी, माछापुच्छ्रे गाउँपालिका–४ का वडा अध्यक्ष मधुसुदन अधिकारी, महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी लगाएतको सहभागिता रहेको थियो ।

Advertisement

सरिषद्को नेपाल संयोजक बिश्वो बन्धु थापा, केन्द्रीय सचिव लक्ष्मी गिरी, नेपाल च्याप्टर सह–संयोजक प्रकाशलाल श्रेष्ठ महिला सह–संयोजक सावित्री गिरी, नेपाल च्याप्टर सचिव हरि बहादुर ढकालको विशेष उपस्थितमा उक्त कार्यक्रम सप्पन्न भएको हो ।

उक्त (सेनेटरी प्याड बनाउने) तालिम कार्यक्रममा पखेटा नेपालका टेनर सर्मिला ढुंगाना र सुनिता खनालले २८ जना छात्राहरुलाई तालिम दिएका थिए ।

 

More News last news
Loading...