निरन्तर उकालो लाग्दै सुन, आज तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ।

आज सुनको मूल्य प्रति तोला ३ सयले बढेर १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार सुनको मूल्य १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

More News last news
Loading...