काठमाडौं । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका निलम्बित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडा प्रकरणमा मंगलबार विशेष अदालतले तत्कालिन महिला बालबालिका तथा समाजकल्याण मन्त्री गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको हो।
गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो। अदालतले गुरुङलाई मतियारका रुपमा दोषी ठहर गरेको छ । साथै, सजाय निर्धारणका लागि भने फागुन २५ गते पेशी तोकिएको छ।
भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला गुरुङ नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए । संघीय संसद्मा ८९ सिट संख्या भएको कांग्रेसको एक सिट घटेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
