अन्ततः नायक पल शाहले पाए सफाई, भोलि रिहाई हुँदै

पोखरा । नाबालिग जबर्जस्तीकरणी आरोपमा थुनामा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुगेको भन्दै पललाई सफाइ दिएको हो।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार सबै अभियोगबाट पलले पूर्ण सफाइ पाएका छन् । साथै, पल सोमबार रिहाई हँुदै छन् । जिल्ला अदालत नवलपरासी पूर्वले पललाई बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैदसहित पीडितलाई १० लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

Advertisement

अदालतको उक्त फैसलाविरुद्ध दुवै पक्ष (सरकारी वकिल र पल शाह पक्ष) ले उच्च अदालतमा पुनरावेदन दिएका थिए। तर, जिल्ला अदालत तनहुँले भने पललाई सफाइ दिएको थियो । तनहुँबाट सफाइ पाए पनि जिल्ला अदालत नवलपरासी पूर्वको फैसलाबमोजिम पलले जेल जीवन भोगिरहेका थिए ।

तर, आइतबार उच्च अदालत पोखराले पललाई सफाइ दिएको छ । बलात्कारको आरोप लागेपछि पल शाह एक वर्ष अघि अर्थात २०२२ फेब्रुवरी २७ का दिन जिल्ला अदालत नहुँमा आत्मासम्र्पण गरेका थिए । आज पल कारागार चलान भएको ठ्याक्कै एक वर्ष पुगेको छ ।

पलको रिहाई हुने लगत्तै उनका समर्थक र कलाकारहरुले फैसलाको सम्मान गर्दै पललाई स्वागत गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् । नायिका यलिजा गौतमले किंग इज ब्याग भन्दै तस्बिर सार्बजनिक गरेकी छन् ।

More News last news
Loading...