काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आज आइतवार सूचना निकालेर यही फागुन १८ गतेदेखि २७ गतेसम्म दिनको चार घण्टा सडक बन्द गर्ने जानकारी गराएको हो । सडक राति १२ बजेदेखि बिहानको ४ बजेसम्म बन्द हुने छ । सडक बन्द गरी निर्माण कार्य अगाडि बढाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरैले जानकारी दिनुभयो ।
पृथ्वी राजमार्ग सडक खण्डलाई दुई खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको छ । अहिले सडकको भित्तो काट्ने, रिटेन्सन पर्खाल लगाउने, नाली, पुल र डाइभर्सन बनाउने लगायतका कामहरू भइरहेको छ । सडक खण्डमा पर्ने केही घरहरू हटाउने कामसमेत सुरु भएको आयोजनाले जनाएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
