काठमाडौँ । स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठेर काठमाडौँ महानगरपालिकाको मेयर पदमा विजयी भएका बालेन्द्र उर्फ बालेन शाहको पदभार सम्हालेदेखि नै धेरै ‘प्रशंसा र कम आलोचना’ दुवै हुँदै आएको छ । उनी मेयर भएयता महानगरले गरेका कतिपय कामलाई धेरैले प्रशंसा गरेका छन् भने कतिपय घटनामा उनी तिखो आलोचनामा पनि परेका छन्।
फुटपाथ व्यवस्थापन होस् वा टुकुचा खोज्ने अभियान, उनको कामले निकै सनसनी मच्च्यिो । उनका कामलाई कतिले राम्रो भनेका छन् भने कतिले ‘शासकीय कदमको उपमा पनि दिएका छन्। तर उनले आफ्नो काम जारी राखेका छन्। आज हामी तपाईलाई बालेका केही यस्ता कामका बारेमा जानकारी दिदैछौँ । जसले देशैभर सनसनी मच्यायो।
बालेन्द्र शाहले मेयर पद सम्हालेकै दिन आफ्नो चुनावी अभियानमा घोषणा गरे अनुसार महानगरपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गराए। उक्त काण्डले उनी सुरुमै बहसको केन्द्रमा रहे। कतिपयले शाहको उक्त कदमलाई सस्तो लोकप्रियता भने त कतिले पारदर्शिता हुने भन्दै प्रशंसा पनि गरे।
उक्त बैठकमै काठमाण्डू महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले प्रत्यक्ष प्रसारणमाथि प्रश्न गर्दै, अघि हामीले शपथ गर्ने बेलामा गोपनीयता, अहिले हाम्रो चाहिँ ओपनीयता भयो कि भएन भनेका थिए। मेयर शाहले बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयको प्रतिरक्षा गर्दै त्यसलाई एउटा संसदीय अभ्यासको रूपमा प्रस्तुत गरेका थिए। यद्यपि महानगरका विभिन्न बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने कार्यले हालसम्म निरन्तरता पाएको देखिन्छ। भिडियोमा हेरौँ मेयर बनेपछि कहाँ हराए त बालेन शाह ?
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
