राष्ट्रपतिमा रामचन्द्र पौडेल पक्का [भिडियोसहित]

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ।
४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम पछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन शुरु भएको छ । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को र कसको दलबाट हुने भन्ने विषयमा व्यापक छलफल सुरु भएको छ।

फागुन २५ गते हुने राष्ट्रपतिनिर्वाचनका निर्वाचन आयोगले तालिका पनि सार्बजनिक गरिसकेको छ । फागुन १० मा मतदाता नामावली प्रकाशन, फागुन १३ मा उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यसूची निर्वाचन आयोगले प्रकाशन गरिसकेको छ। राष्ट्रपतिको निर्वाचने मिति नजिकिएसँगै दलहरु एकातिर सहमति जुटाउन सकिरहेका छैनन् भने अर्कोतिर आकांक्षीहरु भोटमाग्दै हिँडिरहेका छन्। महत्वकांक्षीमा सबैभन्दा अगाडि देखिएका छन् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल।

Advertisement

विगतमा ५ दलिय गठबन्धन हुँदा देखिनै आफूलाई भाबी राष्ट्रपति बनाउन शिर्ष नेता गुहाँदै आएका पौडेललाई यो पटक आफूतिर माहोल बनाउन भ्याइ नभ्याइ छ। सत्ता गठबन्धनमा पुस १० गतेको सहमतिअनुसार माओवादी केन्द्रले एमालेलाई समर्थन नगर्ने संकेत पाएपछि कांग्रेसका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तारन्तर भेटिरहेका छन्।

More News last news
Loading...