बल्ल खुल्यो पोखरा विमान दुर्घटनको रहस्य [भिडियोसहित]

पोखरा l गत १ माघमा पोखराको सेती नदी खोँचमा भएको यती एयर विमान दुर्घटनाको कारण पाइलटको कमान्ड परिवर्तन भएको रहस्य खुलेको छ । सरकारद्वारा गठित विमान दुर्घटना जाँच आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा सो विमान दुर्घटना हुनुभन्दा १४ सेकेन्ड अघिमात्र पाइलट अञ्जु खतिवडाको हातबाट प्रशिक्षकसमेत रहेका पाइलट कमल केसीले कमान्ड लिएको खुलासा भएको हो ।

चालक दलका सदस्यसहित ७२ जनाको ज्यान जानेगरी दुर्घटना भएको सो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा बिहान १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती नदीको खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्डअघि मात्र विमानका को–पाइलट खतिवडाको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले सो विमानको कमाण्ड सम्हालेका थिए।

Advertisement

भिडियोमा हेर्नुहोस् विमान दुर्घटनाको पूरा जानकारी :

More News last news
Loading...