रबि लामिछानेमाथि अर्को राष्ट्रघातको गम्भीर आरोप, कसले गर्छ पुष्टी ? [भिडियोसहित]

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा पार्टी नै खोलेर अमेरिकाले चलखेल सुरु गरेको गम्भिर आरोप लगाएका छन् । नेपाली बहसमा कुरा गर्दै सांसद् समेत रहेका केसीले भनेका छन्, “अमेरिकाले नेपालमा पार्टी नै खोलेर हस्तक्षेप सुरु गरेको छ, यसले नेपालको भविश्य अफ्ट्यारो अवस्थामा पुग्ने देखाउछ।”

पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले अमेरिकाको डिजाइनमा उनीहरुले काम गरिरहेको आरोप लगाएका हुन् । केसीले भने, “रवि लामिछानेलाई कस्ले चलाएको छ, कसरी परिचालित छन भन्ने बारेमा कसैले बोलेको छैन, कसैले बोल्न सकेको छैन ।” दुई देशको नागरिकता बोकेर हिडेको मान्छेलाई यो देशमा गृह मन्त्रीसम्म बनाईयो भन्दै उनले लामिछानेप्रति आशंका व्यक्त गरे।

Advertisement

लामिछानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बोक्नु अर्को दुर्भाग्य भएको जनमोर्चा अध्यक्ष केसीको भनाई छ । केसीले, “रविजीलाई खड्कप्रसाद ओलीजीले अझै पनि गृह मन्त्री नै बनाईरहनु पर्छ भनेर प्रयत्न गरिरहनु भएको छ, यो धेरै रहस्यमय र डरलाग्दो कुरा छ।”

पूरा जानकारी भिडियोमा हेर्नुहोस्

More News last news
Loading...