राजपरिवारलाई साक्षी राखेर राजावादी आन्दोलनमा होमिए दुर्गा प्रसाईँ, ज्ञानेन्द्रले गरे स्वागत र उद्घाटन [भिडियो]
झापा l झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमै साक्षी राखेर २०४६ साल फर्काउने अभियानको उद्घाटन गरेका छन् । काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूसहितको उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान भव्य रुपमा सुरुवात गरेका हुन् ।
उक्त अभियानको पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन भने गरेनन्। कार्यक्रम उद्घाटन गरेर पूर्वराजा शाह दमकस्थित चिया बगान फर्किएका छन्।
भर्खरै सम्पन्न निर्वाचनमा एमालेले टिकट नदिएर राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनलाई समर्थन गरेपछि रुष्ट बनेका प्रसाइँले लिंदेनले शिरमा राखेर हिँडेको प्रजातन्त्र र संवैधानिक राजतन्त्रका प्रमुख व्यक्ति पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार नै झापामा लगेर यति बृहत्त कार्यक्रम गरेका हुन् ।
प्रसाईँको यो अभियानले राजतन्त्रप्रति आफुँ लिंदेनभन्दा अघि बढेको संकेत गरेको देखिन्छ । निर्वाचन टिकट नपाएपछि रन्थनिएका प्रसाइँले केही समयअघि पूर्व युवराज पारश शाह र राजपरिवारका सदस्यहरुलाई भेटघाट गरेका तस्बिरहरु सार्बजनिक हुँदै आएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
