अनेरास्ववियुको उपाध्यक्षमा कास्कीका प्रकाश भुजेलले उमेद्वारी दिने

काठमाडौँ । नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औं राष्ट्रिय महाधिवेशनमा फागुन २ गते (भोलि) बाट सुरु हुँदै छ । महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष र पदाधिकारीसहित करिब ४०० आकांक्षी चुनावी प्रतिस्पर्धाको तयारीमा छन् ।

गण्डकीबाट अनेरास्ववियूको उपाध्यक्षमा प्रकाश भुजेलले उम्मेद्वारी दिने घोषणा गरेका छन् । यसअघि महासचिवमा अर्जुनदृष्ट्रि लगाएका उनले अग्रज, साथीभाइ र शुभेच्छुकसँगको छलफलपछि त्यो भन्दा पनि उपल्लो पद (उपाध्यक्ष) मा उमेद्वारी दिने भुजेलले नयाँपुस्तालाई बताए ।

Advertisement

भुजेलले हामीसँग भने, “विद्यार्थी आन्दोलनलाई रचनात्मक शैलीबाट अझै माथि उठाउन, विद्यार्थी संगठनको गतिविधिलार्इै सँधै गतिशिल र मर्यादित बनाउन उपाध्यक्षमा मेरो उमेद्वारी हो । पक्कैपनि मेरो अहिलेसम्मको कामको मुल्याङ्कन र भावी योजनाको विश्लेषण गरी मलाई मत दिएर विजयी गराउनुहने छ”, म विस्वस्त छु ।

कास्कीको पोखरा महानगरवासी भुजेल अनेरास्ववियुको वर्तमान निर्वाचन आयोगका अध्यक्षसमेत हुन् ।

महाधिवेशनले १७ पदाधिकारी सहित १९९ सदस्य केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । जसमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपाध्यक्ष ४ र सचिव १० रहनेछन् । कार्यसमितिमा ६६ सदस्यीय स्थायी कमिटी हुनेछ ।

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवका प्रतिस्पर्धी बढी देखिएका छन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री, महासचिव समिक बडाललगायत आकांक्षी छन् । तीनै जनाले आफू निकटका नेतासँग भेटघाट शुरु गरेका छन् । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने आरआर, बडाल त्रिचन्द्र र खत्री पाटन संयुक्त क्याम्पसबाट विद्यार्थी राजनीतिमा लागेका हुन् ।

देशभरबाट १५ सय ७९ प्रतिनिधि सहभागी हुने अनेरास्ववियुको महाअधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएको छ ।

More News last news
Loading...