आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।

More News last news
Loading...