आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।

Advertisement

चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

More News last news
Loading...