टर्की भूकम्पः हालसम्म ५००० को मृत्यु पुष्टी, भूकम्प कसरी घातक बने ?

दक्षिणपूर्वी टर्की र सिमाना जोडिएको सिरियामा सोमवार बिहान आएका दुईवटा शक्तिशाली भूकम्पका कारण कम्तीमा ५,००० जनाको ज्यान गएको छ र हजारौँ मानिस घाइते भएका छन्। पहिलो भूकम्प आएको केही घण्टापछि दोस्रो शक्तिशाली भूकम्प आएको थियो।

ती भूकम्पका कारण भएको मानवीय क्षति निकै बढी हुनसक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दिएको हो।
यो भूकम्प किन यति विनाशकारी ? टर्कीको गाजियान्टेप प्रान्तमा आएको पहिलो भूकम्प ७.८ म्याग्निट्यूडको थियो। नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्प पनि ७.८ म्याग्निट्यूडकै थियो।

Advertisement

टर्कीमा परकम्पका रूपमा आएको दोस्रो भुइँचालो ७.५ म्याग्निट्यूडको थियो। यस्तो भुइँचालोलाई ठूलो मानिन्छ। टर्कीमा आएको पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा केवल १८ किलोमिटर मुनि थियो।

त्यसैले भवनहरू र अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्यो। लन्डनस्थित यूनिभर्सिटी कलेजका जोखिम तथा विपद् न्यूनीकरण विभाग प्रमुख प्राध्यापक जोआना फोरे-वाकर भन्छिन्,”विगत १० वर्षमा दुई वटा मात्रै त्यति म्याग्निच्युडका र त्यसभन्दा अघिल्लो दशकमा चार वटा त्यस्ता विनाशकारी भूकम्प गएका छन्।”

More News last news
Loading...