शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा करिब २०० जनाको मृत्यु

काठमाडौँ l शक्तिशाली भूकम्पका कारण करिब २०० जनाको निधन भएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धारको काम जारी राखेका छन्। टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवनहरू भत्किएका थिए।

उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ। हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सय भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। उक्त भूकम्पको धक्का लेबनान र गाजामा समेत महसुस गरिएको थियो। टर्कीले सङ्कटकालको घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

Advertisement

भूकम्पको केन्द्रविन्दु

राष्ट्रपति रेजेप तयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै भनेका छन्, “हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्‌बाट पार पाउनेछौँ।” उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए।

भूकम्प गएको स्थान दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमानजिकै पर्छ। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो।

More News last news
Loading...