एजेन्सी । हङकङ र मकाउका बासिन्दाका लागि चीन आउजाउ पूर्णरूपमा खुला भएको छ। चीनले पर्सि सोमवारदेखि दुई देशबाट हुने सबै किसिमका यात्रामा लगाएको प्रतिबन्ध हटाएको हो।
कोरोना महामारीका कारण झण्डै तीन वर्षदेखि यी देशबाट हुने आवतजावत बन्द रहेको थियो। अब हङकङ र मकाउका बासिन्दाको आवतजावतमा लागेको प्रतिबन्ध हटेको समाचार संस्था एएफपीले जनाएको छ।
यो निर्णयपछि व्यापार, व्यवसाय र पर्यटनमा टेवा पुग्नुका साथै तीन वर्षदेखि हुन नसकेको पारिवारिक भेटघाट सहज हुने भएको छ। कोरोना महामारी अघि सन् २०१८ मा पाँच करोड १० लाख चिनियाँले हङकङको भ्रमण गरेका थिए। चीनले गएको महिना शून्य कोभिड नीति खारेज गरेको थियो।
त्यसपछि कोरोना सङ्क्रमण नभएको प्रमाणका आधारमा दैनिक ६० हजार जनालाई आउजाउको अनुमति दिएको थियो। तर अब आवतजावत पूर्ण रुपमा सहज हुने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
