आज झ्वाम्मै घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ४ सयले घटेर १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ।

More News last news
Loading...