खल्तीले ल्यायो ग्राहकहरूले २ गुणा बढी फाइदा पाउने मेम्बरसिप योजना

काठमाडौँ । खल्तीले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा आफ्नो फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले विशेष अफरहरूको मजा लिन खल्ती प्रो वा खल्ती क्लब मध्ये कुनै एक वार्षिक रोज्न सक्नेछन्।

खल्ती क्लब एउटा सब्क्रिप्शन प्लान हो जहाँ प्रयोगकर्ताहरूले मात्र रु ३९९ (भ्याटसहित) को मेम्बरसिपमा चलचित्र र इभेन्टको टिकटमा रु १००० सम्म क्यासब्याक साथै अन्य अफरहरु प्राप्त गर्न सक्नेछन्। त्यसैगरि ‘खल्ती प्रो’ अर्को सब्सक्रिप्शन प्लान हो।

Advertisement

जहाँ खल्ती प्रयोगकर्ताहरूले मात्र रु. ५९९ (भ्याटसहित) को मेम्बरसिपमा थप विशेष र अतिरिक्त फाइदा लिन सक्नेछन्। खल्ती प्रयोगकर्ताहरूले यी दुई मध्ये कुनै एक योजनाको मेम्बरसिप लिन सक्नेछन्। यो सब्क्रिप्शन प्लान १ वर्षलाई लागु हुनेछ। तर, खल्ती प्रो को मेम्बरसिप सब्सक्रिप्शन छनौट गर्नेहरूले खल्ती क्लबभन्दा बढी विशेष अफरहरू प्राप्त गर्नेछन्।

एक वर्षमा ‘खल्ती मेम्बरसिप ’ सदस्यले पनि सामान्य खल्ती प्रयोगकर्ताभन्दा दोब्बर खल्ती पोइन्ट्हरू र ब्लुबुक नवीकरण सेवामा रु १०० को छुट पनि पाउनेछन्। चलचित्र र इभेन्ट प्रेमी प्रयोगकर्ताहरूलाई आकर्षित पार्दै थप अफर उपलब्ध गराउने विचारका साथ खल्ती क्लब सुरु गरिएको हो।

त्यसैगरि, ‘खल्ती प्रो’ प्रयोगकर्ताले धेरै विशेष सुविधाहरू प्रदान गर्नेछन्। जस्तै : सेल्फ-मोबाइल टपअपमा २ प्रतिशत क्यासब्याक, आफ्नो बैंक खातामा नि:शुल्क पैसा पठाउने, चलचित्र र इभेन्टको टिकटमा रु १००० सम्मको क्यासब्याक, भुक्तानीमा डबल खल्ती पोइन्टहरू, अन्य बैंकहरूमा नि:शुल्क पैसा पठाउन मिल्ने (महिनामा ५ पटक) र अन्य धेरै विशेष छुट र अफरहरु रहेको छ। खल्ती प्रो प्रयोगकर्ताहरूले अब सामान्य खल्ती प्रयोगकर्ताहरूले जस्तै अफरको प्रतीक्षा नगरी अत्यधिक फाइदा लिन सक्नेछन्।

यो सदस्यता बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,”खल्ती मेम्बरसिप सुरु गर्नु भनेको हाम्रा प्रयोगकर्ताहरूलाई थप विशेष र प्रिमियम सेवाहरू उपलब्ध गराउनलाई हो। खल्तीको छैठौं वार्षिकोत्सव मनाउँदै, हामीलाई सधैं माया र प्रशंसा गर्ने प्रयोगकर्ताहरूका लागि यस मार्फत थप विशेष फाइदाहरु ल्याउने प्रयास गरेका छौँ।”

More News last news
Loading...