सांसद् बजगाईले गराए गोरखामा सुत्केरी हुन नसकेकी महिलाको उद्धार

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईको समन्वयमा गोरखाबाट एक भर्गवती महिलाको उद्धार गरिएको छ । बजगाईले धार्चे २ केरौजाबाट १९ वर्षे कान्छीमाया गुरुङको उद्धार गराएका हुन्।

सुत्केरी हुन नसकेर सुन्निएको र अधिकमात्रामा रक्तश्राप भएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नहुँदा बिरामीका आफन्तले सांसद बजगाईलाई बिहान ९ बजे सम्पर्क गरेपछि उनले राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरेका हुन्।

Advertisement

सिम्रिक एयरको हेलिकोप्टरबाट बिरामीलाई मध्यान्ह १२ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको बजगाईको सचिवालयले जानकारी दिएको छ।

यसअघि आफ्नै खर्चमा थुप्रै बिरामीको हेलिकोप्टरमार्फत उद्धार गर्दै आएका सांसद् बजगाईले अहिले भने पहिलो पटक राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गर्भवतीको उद्धार गराएको बताएका छन् ।

More News last news
Loading...