काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
