आज उकालो लाग्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।

More News last news
Loading...