काठमाडौं । भिभो, एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ। यो नयाँ स्मार्टफोनले युवा ग्राहकलाई सुलभ मूल्यमा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्दछ।
वाई०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएचविशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्याम + ३२ जीवीरोम तथा सुन्दर तथा आकर्षक डिजाइनरहेको छ। यो स्मार्टफोन रु १२,४९९मुल्यमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध छ।
वाई०२ मा ६.५१ इन्चको एजडी+डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ। यसको २.५डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ। यो स्मार्टफोन दुई सुन्दर रंगहरू-कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ। वाई०२ स्मार्टफोन युवा उपभोक्ताहरूको व्यस्त जीवनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो जसले उनीहरूको दैनिकीलाई सहज बनाउँछ।
वाई०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले भन्नुभयो, “युवा उपभोक्ताहरूलाई लक्षित गरी वाईसिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ।
वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन । यसको विशाल५०००एमएएच ब्याट्री, २ जीवी + ३२जीवी स्टोरेज लगायतका अद्वितीय क्षमतालेवाई ०२ लाई ग्राहकहरुको आदर्श साथी बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।”
शक्तिशाली प्रदर्शन र लामो समय सम्म चल्ने ब्याट्री
भिभो वाई ०२ मिडियाटेक पी२२ द्वारा संचालित छ जसले उच्च प्रदर्शन र विश्वसनीयता प्रदान गर्दछ। यसमा २जीवी र्याम + ३२जीवी स्टोरेजका साथै१टिवी सम्म विस्तार गर्न सक्ने क्षमता रहेको छ । यसको ५०००एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कामको लागि पर्याप्त शक्ति प्रदान गर्दछ जहाँ प्रयोगकर्ताहरुले आफुलाई मनपर्ने गित तथा गेमको आनन्द लिन सक्छन् ।
उच्च गुणस्तरका तस्बिरहरूको लागि सुपीरियर क्यामेरा
वाई ०२ मा८एमपी रियर क्यामेरा तथा५एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरुको क्यामेरा अनुभवलाई सुधार गर्दछ । यसमा फेस ब्यूटी र टाइम–ल्याप्स जस्ता सुविधाहरू छन् जसले दिन–प्रतिदिन प्रयोगकर्ताहरुकोशूटिंग अनुभवलाई वृृद्धि गर्दछ। र,परिणाम स्वरुप समग्र फोटोग्राफी अनुभवलाई बढाउँदै उनीहरुले आकर्षक तथा उच्च गुणस्तरको फोटोहरु खिच्न सक्छन् ।
निर्विघ्न अनुभव
नवीनता र गुणस्तरका लागि चिनिने भिभोले प्रयोगकर्ता अनुभवलाई सुधार गर्न वाई ०२ मा धेरै नयाँ विशेषताहरू थपेको छ।
फेस वेकः भिभोको फेस वेक सुविधाले दु्रत गतिमा फोन अनलक गर्छ l
मल्टि टर्बो ५.५ः भिभोको एक्सक्लुसिभ मल्टी टर्बो ५.५ खेलहरूमा ल्याग कम गर्न कोर दृश्यहरूलाई अप्टिमाइज गर्नमा केन्द्रित छ। यो उपकरण मेमोरी र सिपियूलाई प्राथमिकता दिन (विशेष गरी जब पृष्ठभूमिमा धेरै एपहरू एकैसाथ चलिरहेको बेला) इन्जिनियर गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
