न्युजिल्याण्डमा भारी वर्षा र बाढी : आपत्काल घोषणा, ३ जनाको मृत्यु

एजेन्सी । मुसलधारे वर्षासँगै आएको बाढीले न्युजिल्याण्डको सबै भन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ। बाढीले बगाउँदा हालसम्म ३ जना मानिसको मृत्यु भएको हो।

अर्का एक जना वेपत्ता भएका छन्। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले आपत्कालीन सेवालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन् । भारी वर्षाका कारण घरहरू जलमग्न हुनुका साथै यातायात सेवा ठप्प भएको छ।

Advertisement

आवासीय क्षेत्र र व्यवसायिक प्रतिष्ठानमा नियमित विद्युत् आपूर्ति हुन सकिरहेको छैन । बाढी विमानस्थलमा समेत प्रवेश गरेको छ। बाढी प्रभावितका लागि अकल्याण्डका विभिन्न भागमा अस्थायी आश्रयस्थल बनाइएका छन् ।

उद्धारका लागि सयौ उद्धारकर्मीहरु खटिएका छन् । प्रधानमन्त्री हिपकिन्सले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्दै प्रभावित भएका मानिसहरुलाई धैर्य धारण गर्न अपील गरेका छन् ।

More News last news
Loading...