१२ वर्षपछि बृहस्पति मेष राशिमा, यी ३ राशिको खुल्दैछ भाग्यको ढोका

ज्योतिष शास्त्रका अनुसार सबैभन्दा शुभ ग्रह बृहस्पतिलाई मानिन्छ। जुन राशिमा बृहस्पति ग्रहको दृष्टि पर्छ, उनीहरूलाई शुभ फल मिल्न थाल्छ। बृहस्पति ग्रह २२ अप्रिलमा मेष राशिमा गोचर गर्न गइरहेको छ, यस्तो अवस्थामा यी तीन राशिलाई निकै शुभ फल मिल्ने देखिन्छ ।

मेष राशि : मेष राशिको कुण्डलीको लग्न भावमा बृहस्पतिको गोचर हुँदैछ। अप्रिल २२ देखि बृहस्पति ग्रहले यस राशिलाई एक वर्षको लागि शुभ फल दिनेछ। बृहस्पतिको गोचरमा मेष राशिका व्यक्तिको प्रगति हुनेछ। यस समयमा समाजमा इज्जत बढ्नेछ। यो राशि परिवर्तनबाट विवाहितहरूलाई राम्रो नतिजा मिल्ने छ। धर्म वा कामको लागि लामो यात्रा गर्न सकिनेछ। यसले भविष्यमा पनि फाइदा पुर्‍याउँछ।

Advertisement

कर्कट राशि : करकर राशिको कर्म गृहमा देवगुरु बृहस्पतिको गोचर हुन लागेको छ। यसले तपाईको काममा राम्रो प्रभाव पार्नेछ। जागिरमा पदोन्नतिको सम्भावना छ। जहाँ काम गर्नुहुन्छ, इज्जत र आम्दानी पनि बढ्नेछ । यसका साथै पैतृक सम्पत्तिमा वृद्धि हुने सम्भावना रहेको छ।

मीन राशि : मीन राशिका व्यक्तिहरूले पनि सजग रहनुपर्छ किनभने अब बृहस्पतिको दोस्रो घरमा गोचर हुन लागेको छ। बृहस्पति आफ्नो राशिबाट मेष राशिमा सर्दैछ, जसले तपाईका लागि राम्रो परिणाम ल्याउनेछ। यस्तो अवस्थामा गुरुको उपस्थितिले धन आर्जनको अवसर मिल्ने छ। व्यवसायमा सफलता मिल्नेछ र चारैतिरबाट सफलता मिल्नेछ।

More News last news
Loading...