चलचित्र ‘जीवनसाथी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदै

काठमाडौं । प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। दीपक तामाङ लामाको निर्देशनमा बनेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो।

उक्त चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् । प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दिपक तामाङ लामाको निर्माण रहेको चलचित्र फायर इन्टरप्राइजेज प्रा.लि. र सिन्का फिल्म प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको हो।

Advertisement

भरतकुमार मल्लको प्रस्तुति रहेको चलचित्र मुलुकबाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिएका छन् ।नेपाली र तामाङ भाषाका दर्जनौं सफल चलचित्रहरु प्रस्तुत गरिसकेका निर्देशक लामा दर्शकले चलचित्र रुचाउनेमा विश्वस्त छन् । चलचित्रको वितरक आर.आर. फिल्मसको रहेको छ।

More News last news
Loading...